एसपीपीबारे लिखित जवाफ पठाइसकेको परराष्ट्रमन्त्री खड्काको स्पष्टोक्ति
SamacharDesk | २०७९ श्रावण १३, शुक्रबार

आज बसेको प्रतिनिसभा बैठकमा सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई अघि नबढाउने लिखित जानकारी अमेरिकालाई गत साउन ९ गते नै दिएको बताएको छ ।
केही हप्ता अघिदेखिको बैठकमा नेता भीम रावल लगायतका नेताहरुले एसपीपीबारे जवाफ अहिलेसम्म पठाएको÷नपाएको केही जानकारी नपाएको भन्दै विरोध भएको थियो ।
नेता रावले नेपालको स्वाधिनतासँग जोडिएका कुराहरुमा सरकारले अलमल गरेको र गैरजिम्मेवार बनेकोमा निरन्तर विरोध गरिरहेको थियो ।
प्रतिनिधिसभा आजको बैठकमा एसपीपीबारे जानकारी दिँदै परराष्ट्रमन्त्री डा.नारायण खड्काले सरकारले यसअघि नै अमेरिकी सरकारलाई लिखित जानकारी गराएको बताउनु भयो ।
उहाँले कुटनीतिक माध्यमबाट नेपालले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको लिखित जानकारी अमेरिकी सरकारसमक्ष पठाएको बताउनु भयो ।
परराष्ट्र मन्त्री खड्काले २०७९ असार ६ को मन्त्रिपरिषद बैठकले एसपीपी अघि नबढाउने निर्णय गरेपनि आन्तरिक परामर्श आवश्यक भएकाले केही समय लागेको स्पष्ट पार्नु भयो ।
उहाँले नेपालको सर्वोच निकाय मन्त्रिपरिषद् गरेको निर्णयका विषयमा सांसदहरुले शंका व्यक्त गर्नु अस्वाभिक भएको टिप्पणी गर्नुभयो । मन्त्री खड्काले एसपीपी अगाडि नबढाउने विषयमा नेपाल सरकारको दृष्टिकोण स्पष्ट थियो र रहने दाबी गर्नुभयो ।
उहाँले गठबन्धन सरकार स्वतन्त्र, सन्तुलित परराष्ट्र नीति सञ्चालनका लागि सक्षम रहेको पनि बताउनु भयो ।
Categorized in राष्ट्रिय