arin enterprises

भुकम्पको धक्का महसुस

SamacharDesk | २०७९ श्रावण १५, आइतबार

खोटाङ  केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भुकम्प गएको छ।

भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मार्तिमविर्तालाई केन्द्रबिन्दु बनाएर बिहान ८ बजेर १३ बजे भुकम्प गएको हो।

आज विहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

पूर्वी नेपालसहित भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको थियो।

भूकम्पबाट भोजपुर नगरपालिका वडा नम्बर १२ टक्सारमा २ वटा घर भत्केर क्षतिग्रस्त भएको भोजपुर प्रहरीले जनाएको छ ।

यस्ते खोटाङको साकेला गाउँपालिकामा पनि एउटा घर भत्किएको छ । भूकम्पबाट मानवीय क्षति भने भएको छैन । पूर्वी नेपालमा भूकम्पको जोडदार धक्का महसुश गरिएको र १ मिनेटसम्म हल्लाएको स्थानीयले बताएका छन् ।

भूकम्पको धक्का काठमाडौं उपत्यका र आपसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले खोटाङको मार्तिम केन्द्र विन्दू भएर ६ रेक्टरको भूकम्प गएको जनाएको छ ।

नेपालमा बारम्बार भूकम्पका गईरहे पनि लामो समयपछि ६ रेक्टरस्केलको भूकम्प गएको हो ।

Categorized in राष्ट्रिय