arin enterprises

द्ववारेलाई “विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२” प्रदान

SamacharDesk | २०७९ श्रावण २४, मंगलबार

यस वर्षको “विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४२” गोरखापत्रका फोटा पत्रकार विकास द्वारेलाई प्रदान गरिएको छ ।

हरेक वर्ष नेवार परम्परा, संस्कृति, रितिथिति आदिमा फोटो पत्रकारिता गर्ने एक जना पत्रकारलाई विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिले सो पुरस्कार प्रदान गर्दै आएको छ ।

मंगलबार आयोजित कार्यक्रममा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले द्वारेलाई दस हजार रुपियाँसहित सम्मानपत्रले पुरस्कृत गरियो ।

विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकारको रूपमा चार दशकभन्दा बढी समय बिताइसकेका नातिकाजी महर्जनले स्थापना गरेका हुन् ।

कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नेवारी संस्कृतिलाई विश्वमा चिनाउन फोटो पत्रकारहरू ठूलो भूमिका हुने बताए । उनले भने, ‘नेवारी संस्कृतिको विश्व मै चर्चाको विषय हुन्छ । नेवारी सम्पदा, चाडपर्व, परम्परा, संस्कृतिको प्रचारप्रसारमा ठूलो भूमिका फोटो पत्रकारहरूको हुन्छ भन्नुभयो ।

यसैगरी, पुरस्कार दाता फोटो पत्रकार महर्जनले नेवार परम्परा, संस्कृति, चाडपर्व, रीतिथिति आदिमा फोटो पत्रकारिता गर्ने एकजना पत्रकारलाई प्रत्येक वर्ष सम्मानित गर्न यो पुरस्कार स्थापना गरेको जानकारी दिनुभएको छ ।

महर्जनले नेवारी संस्कृति विश्वमै धनी छ र यसको थप प्रबर्धनका लागि बढीभन्दा बढी फोटो पत्रकारिता गर्नुपर्छ भन्ने विचारहित यो पुरस्कार स्थापना गरेको बताउनुभयो ।

नेपाल एकेडेमी अफ फाइन आर्टसया उपकुलपति गोपाल चित्रकारले वर्षौंदेखि नेवारी परम्परा र संस्कृतिको एकचित्त भएर फोटो पत्रकारिता गर्दै आएका महर्जनले आफ्नै पेसामा यस क्षेत्रमा अब आउने नयाँ पुस्तालाई पुरस्कारको व्यवस्था गरेको काम उदाहरणीय छ भन्नुभयो ।

विष्णु–नाति फाटो पत्रकारिता सिरपा गुथिका सल्लाहकार पुष्कर माथेमाले पुरस्कार दाता महर्जनले आफूले नेवारी संस्कृति, चाडपर्वमा गरिरहेको फोटो पत्रकारिताको कर्मलाई यसै विषयमा सम्बन्धित भएर पुरस्कारको स्थापना गरेर अझ आफ्नो उचाइ बढाएको भनाइ राख्नुभयो ।

नेवाः देय दबुका अध्यक्ष पवित्र बज्राचार्यले नेवारी संस्कृति जोगाउने काम गैर नेवारहरुले पनि गरिरहेको छ तर पनि यसको प्रमुख जिम्मेवारी नेवारहरुकै हो, भन्नुभयो । काठमाडौँ महानगरपालिका वडा नं १८ का अध्यक्ष न्हुछेकाजी महर्जनले संस्कृति, सम्पदा बचाउन स्थानीयबासीले आ–आफ्ना ठाउँमा ध्यान पुराइरहेको अवस्था नभएको भनाइ राख्नुभयो ।

Categorized in पेजथ्री