arin enterprises

तीनदिनसम्म देशैभर वर्षा हुने सम्भावना

SamacharDesk | २०७९ श्रावण २७, शुक्रबार

काठमाडौं उपत्यकासहित देशैभर तीन दिनसम्म भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ।

नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह छ ।

Categorized in राष्ट्रिय