arin enterprises

सरकारले १८ देशमा राजदूत नियुक्त गर्यो

SamacharDesk – राम डंगोल | २०७९ भाद्र २१, मंगलबार

सरकारले एकैपटक रिक्त रहेको २० वटा देशका राजदूतहरुमध्ये १८ वटा मुलुकमा राजदूत नियुक्त गरिएको छ ।

सरकार परिवर्तन र कार्यकाल समाप्तिका कारण २० देशका दूतावास एकैपटक खाली भएका थिए।

अब म्यानमारका लागि सिफारिस हुनुभएका हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि डिल्लीराज पोखरेललको पदस्थापन भएसँगै २० देशमै राजदूत नियुक्त गर्ने कार्य पूरा हुने परराष्ट्र मन्त्रालयका सेवा लम्सालले जनाएको छ ।

पछिल्लो पटक राजदूतहरुको समयमै पदस्थापन हुन नसक्दा त्यहाँस्थित नेपाली नागरिकले सेवा पाउन कठिन हुनुका साथै दुई देशीय तथा बहुपक्षीय सम्बन्धमा असन्तुलन पैदा हुने गरेको थियो।

राजदूतको अनुपस्थितिमा मित्रराष्ट्र मुलुकमा नेपालको गतिविधि शून्य रहनुका साथै कूटनीतिक सम्बन्ध फितलो बन्ने गरेको अनुभव पूर्वराजदूतहरू बताउनुहुन्छ। नेपालले विश्वका १९५ देशमध्ये ३० देशमा आवासीय राजदूतको राख्ने व्यवस्था गरेको छ।

Categorized in राष्ट्रिय