arin enterprises

ईन्द्रायणी मन्दिर परिसरमा सत्तलको शिलान्यास

SamacharDesk – बिराज | २०७६ फाल्गुण २८, बुधबार

काठमाडौं ढल्कोस्थित ईन्द्रायणी मन्दिर (लुति अजिमा) परिसरमा सत्तलको शिलान्यास भएको छ । बुधबार ईन्द्रायणी मन्दिर परिसरमै काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले सत्तलको शिलान्यास गरे ।

ईन्द्रायणी मन्दिर परिसरमा आयोजित शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले सत्तलको शिलान्यास गरेका हुन् । 

शिलान्यास पछि भएको कार्यक्रमलाई सम्वोधन गर्दै कामपा प्रमखु शाक्यले सम्पदा संरक्षण, सम्वर्ध्दन र पुननिर्माणमा काठमाडौं महानगरपालिकाको निरन्तर सहयोग रहने बताए ।

काठमाडौंको साथमा नेपालकै पहिचान बनेको यहाँको मूर्त अमूर्त सम्पदा सँस्कृतिको संरक्षण सम्वर्ध्दनका लागि कामपा कहिल्यै पछि नहट्ने शाक्यको भनाई थियो ।

आग्रह, पूर्वाग्रह सबै छोडेर हरेक पार्टी, जाती, समुदाय एकजुट भएर यहाँको सम्पदा संरक्षणमा लाग्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा कामपा उपप्रमुख हरिप्रभा खड्गी, प्रदेश ३ का सांसद वसन्त मानन्धर, १७ वडाध्यक्ष नविन मानन्धर, महानगर प्रवक्ता एवंम १५ वडाध्यक्ष ईश्वरमान डंगोल, स्थानीय वडा सदस्य तथा संघ, संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

सतल निर्माण कार्य आगामी २०७७ साल मंसिर १५ गते भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

महानगरको एक करोड १७ लाख ४ हजार १७९ रुपियाँ सहयोगमा उक्त निर्माण कार्य सम्पन्न हुनेछ । 

सत्तल निर्माणको ठेक्का मिलीजुली कन्स्ट्रक्सन एण्ड सप्लार्यस प्रा.लि.ले पाएको छ ।

Categorized in संस्कृति