कोरोना भाइरसका कारण खेलहरु स्थगित
SamacharDesk – स्पोर्ट्स ब्यूरो | २०७६ फाल्गुण ३०, शुक्रबार

कोरोना भाइरस कोभिड १९ ले सारा विश्वलाई असर पारिरहँदा खेल जगतमा पनि यसको प्रभाव पारेको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै विश्वभरीमा विभिन्न खेलकुद प्रतियोगिताहरु स्थगित हुन थालेका छन् ।
इटाली, स्पेन, पोर्चुगल, नेदरल्याण्ड्स र अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिगहरु रोकिएका छन् ।
अमेरिकामा तत्काल हुँदै गरेका सबै मूख्य खेलकुद प्रतियोगिताहरु स्थगित गरिएको छ । केही खेलकुद प्रतियोगिताहरु बन्द रंगशालमा दर्शकविना नैं संचालन गरिएको छ ।
रियाल मड्रिड र म्यान्चेस्टर सिटीबचि अर्को हप्ता हुने च्याम्पियन्स लिगको खेल पनि रोकिएको छ ।
साथै, आर्सनल र ब्राईटनबिच अर्को हप्ता हुने प्रिमियर लिग फुटबलको खेल पनि रद्द भएको छ ।
टेनिसका सम्पूर्ण प्रतियोगिता कम्तिमा ६ हप्ताको लागि स्थगित भएका छन् ।
थुप्रै खेलाडी साथै प्रशिक्षकहरु क्वारेन्टाइनमा
इंग्लीश फुटबल क्लब आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ ।
उनलाई हाल क्वारेन्टाइनमा राखिएको छ ।
इटालीयन क्लब युभेन्टसका पोर्चूगीज चर्चित खेलाडी क्रिश्च्यिानो रोनाल्डोलाई संक्रमणको आशंकामा क्वारेन्टाईनमा राखिएको छ ।
स्पेनिस क्लब रियाल मड्रिडले आफ्ना सम्पूर्ण खेलाडीहरुलाई क्वारेन्टाईनमा राखेको छ ।
रियालको बास्केटबल बास्केटबल टिमका एक जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएसँगै फुटबल टोलीलाई नै क्वारेन्टाइनमा राखेको हो । फुटबल टोलिले उनै बास्केटबल खेलाडीसँग पनि प्रशिक्षण गर्ने गरिरहेको थियो ।
Categorized in स्पाेर्ट्स