५८औं राष्ट्रिय बालदिवस मनाईंदै
SamacharDesk – Ram Dangol | २०७९ भाद्र २९, बुधबार

आज ५८औं राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाईंदैछ ।
“बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार” भन्ने नाराका साथ यो दिवस मनाईदैछ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ ।
सन् १९८९ को सेप्टेम्बर १४ मा बालअधिकार सम्बन्धी महासन्धी अनुमोदन गरेको दिन पारेर नेपालले बाल दिवस मनाउँदै आएको हो ।
नेपालमा २०६३ सालसम्म तत्कालिन मुमा बडामहारानी रत्नराज्य लक्ष्मी देवी शाहको जन्मदिन अर्थात् भदौ ४ गते वाल दिवस मनाउने गरिन्थ्यो । नेपालमा हरेक बर्ष बाल दिवस मनाइदै आए पनि बालबालिकाको अवस्थामा भने खासै सुधार हुन सकेको पाइदैन ।
अझै पनि बालश्रम शोषणका घटना उत्तिकै छन् भने सडक बालबालिकादेखि बालबालिकाको बेचविखनको समस्या पनि उस्तै छ । अहिले पनि विद्यालय जान पाउने अधिकारबाट बञ्चित बालबालिकाको संख्या उल्लेख्य रहेको छ ।
आजको दिनले हामी हुर्किइसकेकालाई बालबालिकाप्रतिको हाम्रो कर्तब्यको दायित्व याद गराउँदछ । बालबालिका यस जगतकालागि अनुपम उपहार हुन र उनिहरुले विशेष माया र सम्मान पाउनु पर्दछ र आजको दिन ति बालबालिकालाई पनि याद गरौं जसमाथी विभिन्न स्थान र शैलीमा दुरव्यवहार गरिन्छ अनि भइरहेको पनि छ, अपहेलना गरिन्छ, जो बिरामी परेका छन् र उपचारको पहुँचमा छैनन र ति बालबालिकाहरु जो खुशी छैनन, तिनिहरुको मुहार र जीवनमा मुस्कान ल्याउन सक्नुनै आजको दिनको उद्देश्य हो ।
आजको नयाँ बाल दिवस मनाइदै गर्दा बुवा(आमाले पनि आफ्नो छोराछोरीसँग आफ्नो सम्बन्धको बारेमा सोच्न जरुरी छ, जीवन एकदमै ब्यस्त हुँदैगएको छ तथापि के वहाँहरुले आफ्ना छोराछोरीकालागि पर्याप्त समय र माया दिन सक्नुभएको छ कि छैनरु के तपार्इ(हाम्रा बालबालिका सहि दिशातर्फ उन्मुख भइरहेका छन या छैनन यदि छैनन भने हामीले आफ्नो ब्यवहारमा कस्तो परिवर्तन ल्याउनुपर्ने हो त्यो पनि विचार पूर्याउन जरुरी छ ।
पछिल्लो पुस्ताको बाल्यकाल र अहिलेको बाल्याकालमा धेरै फरक छ, डन्डिवियो र लुकामारीमा हुर्केका पुस्ताको तुलनामा आजभोलीका बालबालिका कमप्यूटर गेम र अनलाइन भिडियोज अनि मोबाइल खेलेर हुर्किरहेका छन ।
समय परिवर्तनशील छ तथापि उनिहरुलाई आफ्नो फेभरेट कार्टुन यूट्यूवमा हेर्नु र बिहानीको सूर्य उदाएपछिको घामको पारिलो रापको स्वाद अनि अरुलाई मद्धतगर्न पाउँदाको आनन्द सबै कुराहरूको बारेमा जानकारी गराउन र मानविय क्रियाकलापको महत्व सिकाउन सक्नुपर्दछ ।
सानामा प्रशस्त माया पाएका बालबालिकाहरुले मात्र अरुलाई विश्वास र माया गर्न सिकेका हुन्छन र बालपनको यो संसार मायामा अडेको छ तसर्थ आफ्ना बालबालिकालाई माया गर्न, उनिहरुका जिज्ञासाको सरल उत्तर दिन अनि उनिहरुलाई सत्य र आशावादी बन्न हरेक हिसाबले सिकाऔं ।
हामीले पनि बालबालिकालाई पढाइको नम्बर र उनिहरुले लेखेका अक्षर अर्थात हेन्डराइटिंगको आधारमा तुलना नगरौं, हरेक बच्चा आफैमा विशेष छन केवल उनिहरुमा भएको क्षमताको पहिचान गरि त्यसलार्इ उजागर गर्न प्रोत्साहन गरौं ।
बालबालिकालाई पैसा भन्दा धेरै समयको लगानी गर्न जरुरी छ, अनिहरुलाई स्पाइडरम्यान, ब्याटम्यान र हल्क भन्दा राम्रो मान्छे र सरल मान्छे बन्न प्रेरित गरौँ ।
Categorized in राष्ट्रिय