arin enterprises

संविधान दिवसको अवसरमा ९९८ जना विभूषित

SamacharDesk | २०७९ आश्विन ३, सोमबार

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ ।

उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । 

गृह मन्त्रालयले सार्वजनिक गरेको सूचि अनुसार यस पटक पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्न प्रदान गरिने छ । यस्तै राष्ट्र गौरव स्वर्गीय जीवराज न्यौपाने आश्रित, तत्कालीन मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई दिइने भएको छ ।

यस्तै संस्कृतिविद् जगमान गुरुङलाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिने छ भने । सुकीर्तिमय राष्ट्रदीपबाट कलाकार नीर शाह, अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य लगायतलाई प्रदान गरिने भएको छ । मान पद्वी र अलंकार पाउने सूचिमा ठूलो संख्या निजामति तथा जंगी कर्मचारी, राजनीतिक दलका कार्यकर्ता र ब्यापारीहरुको रहेको छ ।

यसैबीच, संबिधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रालयको सिफारिसमा छ सय ८१ कैदीबन्दीको बाँकी सजाय माफ गरिदिनुभएको छ ।

Categorized in राष्ट्रिय