शताब्दी पुरुष जोशीको स्वास्थ्यबारे मन्त्री श्रेष्ठद्वारा जानकारी
SamacharDesk | २०७९ आश्विन ७, शुक्रबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीसँग भेट गर्नुभएको छ।
ललितपुरको बखुम्वहालस्थित जोशीको निवासमै आज पुगेर मन्त्री श्रेष्ठले शताब्दी पुरुष सत्यमोहन जोशी नेपालको धरोहर भएको र उहाँको स्वास्थ्यबारे सरकार गम्भीर छ भन्नुभयो ।
मन्त्री श्रेष्ठले सरकारको तर्पmबाट २४ घण्टा भित्रै शताब्दी पुरुष जोशीको हेरचाहका लागि आवश्यक स्वास्थ्यकर्मी तथा स्वास्थ्य परीक्षणका लागि आवश्यक प्रबन्ध गर्ने बचन दिनुभयो ।
मन्त्री श्रेष्ठले जोशीको घर आडमै रहेको लोक साहित्य परिषद् भवनको समेत अवलोकन गर्नुभयो । परिषद् भवनमा जोशीले सङ्कलन गर्नुभएका मुद्रा, टिकट, किताबलगायत सामग्री राखिएका छन् ।
भवनको तेस्रो तलामा रहेको चक्रसंवरको पौभाः चित्र समेत मन्त्री श्रेष्ठले अवलोकन गर्नुभयो । सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पुरातत्त्व र संस्कृति विभागका प्रथम निर्देशक जोशी मदन पुरस्कारबाट तीन पटक पुरस्कृत भइसक्नुभएको छ । बि।सं। १९७७ वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनुभएका जोशी उमेरले १०३ वर्ष पुगिसक्नुभएको छ ।
Categorized in राष्ट्रिय