arin enterprises

नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाई आज

SamacharDesk | २०७९ आश्विन ९, आइतबार

राष्ट्रपति विद्याभण्डारीले दोस्रो पटक पनि नागरिकता विधयेक प्रमाणिकरण नगरेपछि परेको रिटमा आज सुनुवाई हुँदैछ ।

गत शुक्रबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिए पनि हेर्न नभ्याइएपछि आजका लागि पेसी तोकिएको थियो ।

सर्वोच्च अदालतमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश दिन माग गर्दै पाँचवटा रिट दर्ता भएका छन् ।

अधिवक्ता सुनीलरञ्जन सिंह, अधिवक्ताद्वय सुनीलकुमार यादव र विजय पोखरेल, अधिवक्ता सागर बराल, त्रिभुवन विश्वविद्यालयका विद्यार्थी राज बराल र काठमाडौं स्कुल अफ लमा अध्ययनरत अविनेश अधिकारी, मोरङको रंगेली नगरपालिकाका देव शर्मा र सोनु रौनियारले संयुक्त र छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।

Categorized in राष्ट्रिय