पशुपतिको ब्रजेश्वर जात्रा रोकिने अवस्थामा
SamacharDesk – विकाश | २०७६ चैत्र ७, शुक्रबार

पशुपति विकास कोषले मुआब्जा रकम उपलब्ध नगराउँदा बज्रेश्वर माता (पिंगला माई) जात्राको निरन्तरतामा समस्या भएको सरोकारवालाहरुले जनाएको छ ।
देशोद्धार पूजा संचालन समितिले प्रेस विज्ञप्ति जारी गर्दै पशुपति विकास कोषले गुठीको जग्गावापत दिनुपर्ने मुआब्जा रकम हस्तान्तरणमा बेवास्ता गरेको कारण जात्रा रोकिने अवस्था आएको जनाएको हे ।
तर यो जात्रा रोकिँदा उपत्यकाका अन्य परम्परामा समेत असर पर्ने हुनाले बिना आयस्ता पनि जात्रा निरन्तर गर्ने समितिले जनाएको छ ।
मुआब्जा रकमको अक्षयकोष खडा गर्ने समितिको चाहना रहेको पनि समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।
समितिले विज्ञप्तिमा उल्लेख गरेअनुसार आफ्नै पुर्खाले नीजि सम्पति जग्गा राखी त्यसबाट प्राप्त आम्दानीबाट संचालन हुँदै आएको यस पर्व संचालनमा राज्य र पशुपति विकास कोषबाट सहयोग नलिएको उल्लेख छ ।
मोहीलाई मुआब्जा वितरण गरी घरघडेरी समेत उपलब्ध गराइसकेको अवस्थामा गुठीयारहरुले भने मुआब्जा प्राप्त गर्न नसकेको समितिको भनाई छ
तर २०७६ साल जेष्ठ ३० गते आयस्ताको रुपमा रहेको १३ रोपनी जग्गा पशुपति विकास कोषले अधिग्रहण गरेको थियो ।
मोहीलाई मुआब्जा वितरण गरी घरघडेरी समेत उपलब्ध गराइसकेको अवस्थामा गुठीयारहरुले भने मुआब्जा प्राप्त गर्न नसकेको समितिको भनाई छ ।
कोषले मुआब्जा हस्तान्तरणका लागि संस्था दर्ता तथा बैंक खाता खोल्न आग्रह गरेअनुसार प्रक्रिया पुरा गरीसकेपछि पनि देशोद्धार पूजा संचालन समितिका नाममा मुआब्जा रकम जम्मा गर्न आनाकानी समितिले जानकारी गरायो ।
यो जात्रा प्रत्येक बर्ष चैत्र महिनाको कृष्णपक्ष द्वादसीका दिन हुँदै आएको छ । देश र जनताको कल्याण कामनाका साथै कुनै पनि प्रकारका प्रकोप नहोस् भन्ने कामनासाथ यो जात्रा गर्ने गरिन्छ ।
जात्राको ४ दिन अघिदेखि वैदिक तथा तान्त्रिक विधिद्वारा देशोद्धार पूजा (देपूजा) गर्ने परम्परा रहेको छ ।
बज्रेश्वर माताको जात्रा परम्परा चार वर्ण ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र बसी जातीय सद्भावकासाथ संचालन हुने विशिष्ट महत्वको पूजा तथा जात्रा हो ।
