arin enterprises

कोरियोग्राफर रोजिनलाई एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड

SamacharDesk – बिराज | २०७९ आश्विन १९, बुधबार

दुबईमा आयोजना भएको एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२२ मा नेपालका फेसन कोरिायोग्राफर रोजिन शाक्य पुरस्कृत भएका छन् ।

बडादशैंको शुभ अवसरमा आयोजित अवार्डमा फेसन कोरीयोग्राफर शाक्यलाई आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड प्राप्त भएको हो ।

अवार्ड कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, बंगलादेश, युएई लगायतका मुलुकका विभिन्न क्षेत्रका विभिन्न व्यवसायिक व्यक्तिहरुलार्ई उनीहरुको आ आफ्नो क्षेत्रमा निरन्तरता, उपलब्धी र योगदानको उच्च मुल्यांकन एवं कदर गर्दै एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड अन्तर्गत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।

सिजन मिडिया प्रा.लि.को आयोजनामा दुबईको बर दुबईस्थित होटल एस्टोरियामा सम्पन्न भएको एशियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ नामक उक्त अवार्ड कार्यक्रममा युनिभर्सलन पिस फेडेरेसन, युपिएफका कोचेयर डा. रोबर्ट एस किट्टल तथा इन्टरनेसनल एशोसिएसन अफ पार्लियामेन्टेरिएन्स् फोर पिसको एशिया प्रशान्त क्षेत्रका चेयरपर्सन एकनाथ ढकालको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

आइकोनिक फेसन एण्ड प्याजेन्ट कोरियोग्राफरको अवार्ड विजेता रोजिन शाक्य झन्डै २५ वर्ष देखि फेसन र संचार क्षेत्रमा निरन्तर क्रियाशिल नाम हो ।

स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौध सय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिसकेका फेसन कोरियोग्राफर रोजिनले बालबालिका, किशोर किशोरी, युवा युवती

देखि विवाहित महिलाहरु तथा जातिय सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफी गरिसकेका छन् ।

सन् २०१४ देखि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुको कोरियोग्राफीमा पनि अगाडि बढेका रोजिनले हेरिटेज प्याजेन्टस्, मिस मर्मेड सिंगापर, मोडल सुपरस्टार मुम्बई लगायतका अन्तर्र्राष्ट्रिय कार्यक्रमको पनि कोरियोग्राफी गरिरहेका छन् ।

फेसन कोरियोग्राफी बाहेक नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेजको अध्यापन, पर्सनालिटी ग्रुमिङ, डकुमेन्ट्रि स्क्रिप्ट तथा प्रपोजल लेखन, भ्वाइस ओभर, इभेन्ट म्यानेज्मेन्ट लगायतका क्षेत्रमा पनि आफूलाई सक्रिय राख्दै आएका रोजिन शाक्यले सन् २०१८ मा मलेशियामा सम्पन्न द इन्टरनेसनल प्रिस्टिज् ब्राण्ड अवार्डमा वेष्ट आन्टरप्रिनर विधा अन्तर्गत वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी अवार्ड प्राप्त गरेका थिए ।

यसैगरी नेसनल युथ लिड अवार्डस् २०१९ मा रोजिन मिष्टर भर्सटाइल अफ द इयर अवार्डबाट पुरस्कृत भएका थिए भने मलेशियामा सम्पन्न इन्टरनेसनल एक्सिलेन्स अवार्ड २०१९ मा आउटस्ट्यान्डिङ इन्टरनेसनल कोरियोग्राफर एक्सिलेन्स अवार्ड, दुबईमा सम्पन्न इन्टरनेसनल प्रोफसनल एचिभमेन्ट अवार्ड २०१९ मा इन्टरनेसनल प्रोफेसनल फेसन कोरियोग्राफर एचिभमेन्ट अवार्ड प्राप्त गरेका थिए ।

यसैगरी रोजिनले काठमाडौंमा सम्पन्न प्याजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्ड २०१९मा लिजेन्ड्री फेसन कोरियोग्रफर, फेसनफेयर अवार्ड २०२० मा वेष्ट इन्टरनेसनल नेप्लीज् फेसन कोरियोग्राफर, मोडल सङ्स अवार्ड २०२२ मा वेष्ट फेसन कोरियोग्राफर अवार्ड, नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ मा आइकोनिक फेसन कोरियोग्राफर अवार्ड प्राप्त गरिसकेका छन् ।

Categorized in पेजथ्री