arin enterprises

नेपाल युक्रेनको पक्षमा

SamacharDesk | २०७९ आश्विन २७, बिहिबार

संयुक्त राष्ट्रसंघको साधारणसभामा जारी बैठकमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको छ ।

साधारणसभामा युक्रेनी भूभाग गाभ्ने रुसी कदम विरुद्ध हिजो ल्याइएको भत्र्सना प्रस्तावको पक्षमा मतदान गर्दै नेपाल युक्रेनको पक्षमा उभिएको हो ।

संयुक्त राष्ट्रसंघको साधारणसभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भर्त्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् ।

युक्रेनमा पछिल्लो पटकको रुसी आक्रमण तथा युक्रेनका चार क्षेत्र गाभ्ने रुसी निर्णय विरुद्धको प्रस्तावमा मतदान हुँदा दुई तिहाइ बढीले रुसविरुद्ध मतदान गरेको छ ।

साधारण सभाका १९३ राष्ट्र मध्ये १ सय ४३ सदस्य राष्ट्रले भत्र्सना प्रस्तावको पक्षमा मतदान गरेका थिए । सिरिया, निकारगुवा, उत्तर कोरिया र बेलारुसले प्रस्तावको विपक्षमा मतदान गर्दा ३५ देश भने मतदानमा सहभागी नै भएनन् ।

मतदानमा सहभागी नहुने देशहरुमा भारत, चीन, पाकिस्तान, दक्षिण अफ्रिकालगायत रहेका छन् । उक्त प्रस्तावमा रुसले गरेको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सीमाभित्र तथाकथित जनमत संग्रहको पनि निन्दान गरिएको छ ।

जस अनुसार युक्रेनका चार वटा क्षेत्र आफूमा गाभ्ने रुसी निर्णयलाई अस्वीकार गरिएको छ । उक्त निर्णय तत्काल विना शर्त फिर्ता लिन पनि रुसलाई आग्रह गरिएको छ ।

Categorized in राष्ट्रिय