बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाईदै
SamacharDesk | २०७९ कार्तिक २, बुधबार

‘भिटामिन ‘ए’ क्याप्सुल खुवाऔं, बालबालिकालाई स्वास्थ बनाऔं’ भन्ने मूल नाराका साथ आज र भोलि ६ महिनादेखि ५ वर्षका बालबालिकाहरुलाई भिटामिन ए खुवाईंदैछ ।
बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औंषधि आज र भोलि खुवाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम रहेको छ ।
आज बुधबारदेखि सुरु गरिएको सो कार्यक्रम बिहान ८ बजेबाट बेलुका ४ बजेसम्म संचालन हुनेछ । महिला स्वास्थ्य स्वयम्सेविकाहरुले ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई सो क्याप्सुल खुवाईरहेका छन ।
ललितपुर पाटनमा सो क्याप्सुल खुवाईरहेकी महिला स्वास्थ्य स्वयमसेविका दिलशोभा महर्जनले भोलीसम्म सो कार्यक्रम रहेकाले आफ्ना बालबालिकाहरुलाई सो क्याप्सुल खुवाउन नछुटाउनु आग्रह गर्नु भयो ।
सरकारले हरेक वर्ष बैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते सो क्याप्सुल र जुकाको औषधि खुवाउने गर्दै आएको छ ।
Categorized in राष्ट्रिय