arin enterprises

पुखुद्याँ मानन्धर सनाः खलःले गर्यो ज्येष्ठ नागरिकहरुलाई सम्मान

SamacharDesk | २०७९ कार्तिक २७, आइतबार

काठमाडौंको नयाँ सडकस्थित पाको पुखुद्याँ मानन्धर सनाः खलःले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

सो अवसरमा गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरेको छ ।

काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्पन्न भएको थियो ।

कार्यक्रममा उपमेयर डंगोलले पुखुद्याँ सनाः खलः का ७७ वर्ष माथिका १५ जना ज्येष्ठ नागरिक तथा अग्रजहरुलाई सम्मान गर्नुभएको थियो ।

स्वम्भूस्थित बसुन्धरा मन्दिरमा झण्डा पूजा गरेपछि हरेक वर्ष सनाः खलः  ले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ ।

साथै गुठीका सांस्कृतिक गुरु हरिबहादुर मान्नधरलाई पनि सम्मान गरिएको थियो भने सो समुदायबाट सगरमाथालगायतका हिमालहरुको सफल आरोहण गर्ने चुनु श्रेष्ठ मानन्धरलाई पनि सम्मान गरिएको थियो ।

यस्तै गत वर्षको एसईई तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका सो गुठी अन्तर्गतका २४ जना विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

Categorized in स्थानीय