नेपालमा कोरोनाभाइरस संक्रमित ६ जना पुगे
SamacharDesk – विकाश | २०७६ चैत्र २०, बिहिबार

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६ जना पुगेको छ । फेरी एकजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) पोजेटिभ देखिएसँगै संक्रमितको संख्या ६ पुगेको हो ।
बिहीबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले प्रेस ब्रिफिङमा छैठौं व्यक्तिमा संक्रमण देखिएको पुष्टि गरे ।
उक्त संक्रमित व्यक्ति पनि गत चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ फ्लाइटबाटै दोहाबाट नेपाल आएका हुन्।
छैठौं संक्रमित व्यक्ति कहाँका हुन्, महिला हुन् वा पुरूष भन्ने केही खुलाइएको छैन।
यसअघि सोही जहाजमा आएका दुईजनामा पनि कोरोना संक्रमण देखिएको थियो। दुबै संक्रमित टेकु अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।
नेपालमा अहिलेसम्म कोरोनाभाइरस कोभिड १९ पोजेटिभ देखिएकामध्ये एकजना उपचार पछि फर्किसकेका छन् ।
Categorized in राष्ट्रिय