arin enterprises

काठमाडौंमा कसले कति सिट जिते ?

SamacharDesk – बिराज | २०७९ मङ्सिर ८, बिहिबार

गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनबाट काठमाडौंको सबै नतिजा सार्वजनिक भइसकेको छ ।

नतिजा अनुसार काठमाडौको दशबटा क्षेत्रमध्य पाँचबटा क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसले काठमाडौ क्षेत्र नं १,३,४,५ र १०मा विजय हासिल गरेको छ ।

यसै आमनिर्वाचनबाट अस्त्विमा आएको राष्ट्रिय स्वतन्त्र पार्टिले काठमाडौ क्षेत्र नं २,६,७ र ८ गरि चार क्षेत्रमा जित हासिल गरेको छ ।

त्यस्तै नेकपा (एमाले)ले भने एउटा मात्र क्षेत्रमा जित हासिल गर्न सफल भएको छ । एमालेले काठमाडौ क्षेत्र नं ९ जित हासिल गरेको हो ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082