उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्का चौथो पटक निर्वाचित
SamacharDesk | २०७९ मङ्सिर १४, बुधबार

प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रमध्ये १६१ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
अब सुनसरी ४ मा मतगणना भईरहेको छ भने बाजुरा, स्याङ्जा २ र दोलखामा मतगणना सुरु हुन सकेको छैन ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार उदयुपुर क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी भएका छन् ।
खड्काले एमालेकी मञ्जु चौधरीलाई २३ सय ७९ मतले हराउनुभएका्े हो । खड्काले ३१ हजार २७० मत पाउँदा चौधरीले २८ हजार ८९१ मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार राप्रपाका ध्रुवकुमार रायमाझी तीन हजार नौ सय १५ मत ल्याउँदै तेस्रो स्थानमा रहे । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।
Categorized in राष्ट्रिय