१९औं ज्यापू दिवस मनाईंदै
SamacharDesk – Ram Dangol | २०७९ मङ्सिर २२, बिहिबार

विसं २०६१ सालदेखि यःमरी पुन्ही सँगसँगै उपत्यका लगायत देशभरका ज्यापू समुदायहरुले राष्ट्रिय ज्यापू दिवस धुमधामका साथ मनाउँदै आएको छ ।
ज्यापू समूदायको संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ विहीबार १९औं राष्ट्रिय ज्यापू दिवस हर्षाेल्लासपूर्वक मनाईंदैछ । ज्यापू समुदायको संस्कृतिसँग जोडिएको मौलिक कलाको प्रदर्शनी, परम्परागत धिमे बाजागाजा र पहिरनसहित र्यालीको आयोजना गरिएको छ ।
नेपाल भाषामा “ज्या” भनेको काम र “पू” भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो ।
नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन सार्वजनिक विदा समेत दिँदै आएको छ ।
विक्रम संवत् २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो । हाल मुलुकभर ज्यापू समूदायका करिव ६ लाख नागरिक छन् ।
यसवर्ष ज्यापू दिवस काठमाडौं महानगरपालिका २१ वडास्थित गोफल टोलको संयोजनमा भइरहेको छ ।
दिवसका अवसरमा लगनमा उपत्यका तथा उपत्यका बाहिरका सम्पूर्ण ज्यापु समुदायका व्यक्तिहरु जम्मा भई वृहत सांस्कृति र्यालीको आयोजना गरिएको छ । आज लगन टोलमा वृहत भेला भएर पूरै नगर परिक्रममा गर्ने र वसन्तपुरमा पुगेर सभामा परिणत गर्ने तयारी छ ।
यस अवसरमा मुख्य अतिथिको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवाम्ट नेवाः जाति, भाषा, साहित्य, संस्कृति, पहिचान आदि क्षेत्रमा योगदान पुर्याउनु भएका विशिष्ट व्यक्तित्वहरुलाई विभिन्न सम्मानका साथै पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ ।
Categorized in राष्ट्रिय