काभ्रेको बेथानचोकमा बस दुर्घटना, १८ को मृत्यु
SamacharDesk | २०७९ मङ्सिर २८, बुधबार

गएराती काभ्रेको बेथानचोकमा गाउँपालिकाको चलाल गणेशथानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
बेथानचोकमा व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो । १३ जनाको दुर्घटनास्थलमा तथा पाँच जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
मृतकहरु मध्ये १३ जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ । पहिचान खुलेकाहरुमा बनेपा ११ की ७९ बर्षिया निर्मला तामाङ, ११ बर्षिय योगेश तामाङ, ५० बर्षिय अंकुर तामाङ, ४३ बर्षिय हेमा तामाङ, १० बर्षिय पुस्कर तामाङ, २५ बर्षिया कोपिला तामाङ र ६ बर्षिया श्रेया तामाङ छन् ।
यस्तै बनेपा १४ का ३९ बर्षिय राजकुमार तामाङ र २८ बर्षिय गीता श्रेष्ठ तथा मण्डनदेउपुर नगरपालिका १ का ३७ बर्षिया जेली तामाङ, धुलिखेल नगरपालिका ११ का ३० बर्षिय वुद्धि तामाङ र बेथानचोक गाउँपालिका ५ की ३२ बर्षिया मञ्जु तामाङको पनि दूर्घटनामा परी मृत्यु भएको छ ।
यस्तै ललितपुरको महाँकाल ४ घर भई पनौती नगरपालिका वडा नम्बर ४ मा बस्दै आएका बस चाकल २२ बर्षिय सन्तोष तिमिल्सिनाको पनि दूर्घटनामा निधन भएको प्रहरीले जनाएको छ । बनेपाबाट बेथानचोकको च्याल्टीमा ब्रतबन्धमा सहभागी भएर फर्कंदै गर्दा उक्त रिजर्म बस दूर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका २१ जनामध्ये आठ जनाको बनेपास्थित शिर मेमोरियल अस्पताल र अन्यको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये अधिकांशको अवस्था गम्भीर छ ।
Categorized in समाज