arin enterprises

पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै

SamacharDesk | २०७९ पौष १, शुक्रबार

आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।

आज शुक्रवार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर ¥यालीसमेत गरिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताउनु भयो ।

उहाँले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको बताउनु भयो । उहाँले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताउनु भयो ।

सरकारी निकायहरुबाट नै विश्वमै फरक रहेको नेपालको झण्डा फर्ने, दुपयोग गर्ने पाइएको भन्दै सरकारी निकायहरु यसमा सचेत बन्नुपर्ने बताउनु भयो ।

Categorized in राष्ट्रिय