arin enterprises

गुरुङ समुदायहरु तमु ल्होसार मनाईंदै

SamacharDesk | २०७९ पौष १५, शुक्रबार

गुरुङ समुदायले आज तमु ल्होसार मनाउँदै छन् ।

हरेक वर्षको पुस १५ गतेका दिन तमु ल्होसार मनाइन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ‘तो ल्हो’ (बाघ वर्ग)  को बिदाइ गर्दै ‘हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने गरिन्छ ।

ल्हो को अर्थ वर्ष र सारको अर्थ फेरिनु भएकाले वर्ष फेरिने पर्वको रुपमा मनाउन गरिन्छ । पुस १५ सबैभन्दा छोटो दिन र रात सबैभन्दा लामो हुने विश्वास पनि रहेको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको गण्डकी प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

राजधानी तथा देशका अन्य स्थानमा बस्ने गुरुङ समुदायले पनि आज ल्होसार पर्व मनाउदैछन् । सरकारले आज सार्वजनिक विदा दिएको छ ।

यसै अवसरमार राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसारका अवसरमा सम्पूर्ण नेपालीमा शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक नेपाली समाजमा पर्वहरुले आपसी विश्वास र एकतालाई अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र समुन्नत मुलुक निर्माणमा सहयोग पुर्याउने पनि बताउनु भएको छ ।

यस्तै प्र्रधानमन्त्री पुष्पकमल दाहालले पनि ल्होसारको शुभकामना दिंदै स्वदेश तथा विदेशमा रहेका नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गर्नुभएको छ ।

विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका अनुशरणयोग्य उदाहरण हुन भन्दै उहाँले ल्होसार पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने बताउनु भएको छ ।

शुभकामना प्रधानमन्त्री दाहालले यस्ता पर्वहरुले नेपालीबीच आपसी सम्बन्ध सुदृढ हुने विश्वास पनि ब्यक्त गर्नुभएको छ ।

Categorized in राष्ट्रिय