arin enterprises

पेट्रोलियम पदार्थको मूल्य यथावत

SamacharDesk | २०७९ पौष १८, सोमबार

पटकपटक पेट्रोलियम पदार्थको मूल्य घटे पनि मूल्य नघटाएको नेपाल आयल निगम यसपटक मूल्यमा वृद्धि भए तत्काल मूल्य नघटाउने भएको छ ।

भारतबाट आएको पेट्रोलियम पदार्थको मूल्य सूचीमा केही घटबढ भएपनि नेपालमा मूल्य यथावत राखिने निगमले जनाएको हो ।

निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेल २ रुपैयाँ ९५ पैसा, हवाई इन्धन ४ रुपैयाँ १३ पैसा र एली ग्यास प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसाले बढेर आएको छ ।

मट्टीतेलको मूल्य भने घटेको छ । निगमलाई अहिले १५ दिनमा ९९ करोड रुपैयाँ नाफा भइरहेको छ । निगमलाई एलपी ग्यास बाहेक पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलमा नाफा भइरहेको छ ।

यद्दपी अझै १८ अर्ब ऋण तिर्न बाँकी रहेको निगमले जनाएको छ ।

Categorized in राष्ट्रिय