arin enterprises

दूधको मूल्यवृद्धि फिर्ता

SamacharDesk | २०७९ पौष १८, सोमबार

शनिबारदेखि एकाएक बढाइएको दूधको मूल्य फिर्ता लिन सरकारले निजी डेरी कम्पनीहरुलाई निर्देशन दिएको छ ।

आइतबार बसेको कृषि तथा पशुपंक्षी मन्त्रालय र निजी डेरी कम्पनीहरुबीच बसेको छलफलपछि एकलौटी रुपमा बढाइएको मूल्य वृद्धि तत्काल फिर्ता दिन भनेको हो ।

दूधको उत्पादन लागत, बजारलगायतका विषयको अध्ययन गरेपछि मात्रै निर्णय गर्ने गरी मूल्य वृद्धि फिर्ता गराइएको राष्ट्रिय दूग्ध विकास वोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले जानकारी दिए ।

वोर्डले हिजो नै सरोकारवाला सवै निकायहरुलाई मूल्य वृद्धि स्थगितको विषयमा जानकारी गराएको बताइएको छ । केही निजी डेरीहरुले गत शनिबारदेखि एकलौटी रुपमा प्रतिलिटर १४ रुपैयाँ बढाएका थिए ।

गत वर्ष माघमा पनि दूधको मूल्य बढाइएको थियो । लागत बढेको बहानामा एक वर्ष नपुग्दै विचौलियाहरुले मूल्य बढाएपछि चौतर्फी विरोध भएको थियो ।

Categorized in राष्ट्रिय