प्रधानमन्त्री दाहालले आज विशेष सम्बोधन गर्ने
SamacharDesk | २०७९ पौष १९, मंगलबार

प्रधानमन्त्री पुष्पकमल दाहालले आज विशेष सम्बोधन गर्दैहुनुहुन्छ । सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सन्दर्भमा आज कर्मचारीहरुलाई विशेष सम्बोधन गर्ने हुनुभएको छ ।
हिजो प्रधानमन्त्री बनेपछि पहिलो पहिलो पटक सचिवहरुसंग छलफल गर्नुभएका प्रधानमन्त्री दाहालले आज थप सचिवहरु तथा विभागीय प्रमुखहरुका कुरा सुनेपछि निर्देशनात्मक सम्बोधन गर्नु हुने भएको हो ।
प्रधामन्त्रीको सम्बोधन चुस्त सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण र नागरिकका गुनासोको तत्काल सम्बोधनमा केन्द्रीत हुने बुझिएको छ ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएका दाहालले सुशासन र नागरिकलाई सरल रुपमा सेवा प्रदान गर्ने काममा केन्द्रीत हुने बताउँदै आउनु भएको छ ।
विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्र वितरण लगायतका कामका लागि नागरिकले भोग्नुपरेको सास्तीलाई तत्काल सम्बोधन गर्ने निर्णय मन्त्रिपरिषदको पहिलो वैठकबाट गरिएको थियो ।
हिजो भएको छलफलमा सचिवहरुले आ–आफ्नो मन्त्रालयको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई ‘रिपोर्टिङ’ गरेका थिए ।
Categorized in राष्ट्रिय