arin enterprises

पेट्रोलियम पदार्थको भाउ घट्यो

SamacharDesk | २०७९ पौष २५, सोमबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले घटाइएको जनाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ ।

यस्तै हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ प्रतिलिटर २० रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर २२५ डलर ९करिब प्रतिलिटर ३० रुपैयाँ घटेको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १७० र बाह्यतर्फ प्रतिकिलोलिटर १ हजार ४२० डलर पर्नेछ ।

एलपी ग्यासको मूल्य भने एक हजार ८ सय रूपैयाँ यथावत छ । 

Categorized in राष्ट्रिय