यति एयरको जहाज फेवाको खोंचमा दुर्घटना
SamacharDesk | २०७९ माघ १, आइतबार

काठमाडौंबाट पोखराको लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको छ ।
जहाजमा चालकदलका सदस्यसहित कूल ६८ जना यात्रु रहेको अनुमान गरिएको छ ।
विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरणका क्रममा ११ बजेर १० मिनेट जाँदा फेवाको खोंचमा दुर्घटना भएको बताइएको छ ।
वडा नम्बर ७ र १५ को सीमानामा पर्ने नयाँ तथा पुरानो विमानस्थलको बिचमा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
अहिले विमान दुर्घटना भएको ठाउँमा आगोको मुस्लो उठेको छ ।
स्थानीय, सुरक्षाकर्मीलगायत घटनास्थलमा आगो निभाउने प्रयासमा लागेका छन् । दुर्घटनाको विवरणबारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।
Categorized in राष्ट्रिय