arin enterprises

मृत्युपछि शरीर दान गर्ने प्रधानमन्त्रीको घोषणा

SamacharDesk | २०७९ माघ ६, शुक्रबार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज काठमाडौंमा एक कार्यक्रम गरेको छ ।

सो अवसरमा मुख्य अतिथि प्रधानमन्त्री पुष्पकमल दाहालले मृत्युपछि आफ्नो शरीरका सम्पूर्ण अंगहरु दान गर्ने घोषणा गर्नुभएको छ ।

उहाँले केन्द्रले विपन्न विरामीको निशुल्क डायलसिस गरेको र स्वदेशमै प्रत्यारापण गरेर सजिलो बनाएको भन्दै प्रत्यारोपण केन्द्रको प्रशंसा पनि गर्नुभयो ।

आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा सल्लाघारीको ९९ रोपनी जग्गा केन्द्रलाई दिने निर्णय गरेकोमा अझै कार्यान्वयन नभएको भन्दै मानव अंग प्रत्यारोपण केन्द्रको विस्तार जरुरी रहेको बताउनुभयो ।

अहिले वार्षिक ३ सय जना नेपालीहरुले मिर्गौला प्रत्यारोप गर्ने गरेको र त्यस मध्ये दुई सय वटा शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले गरेको जानकारी कार्यक्रममा दिइएको थियो ।

Categorized in राष्ट्रिय