arin enterprises

१५ वडामा क्वारेन्टाइन निर्माण गरियो

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ चैत्र २९, शनिबार

काठमाडौं महानगरपालिका १५ वडामा १० शैय्याको क्वारेन्टाइन निर्माण गरिएको छ । 

१५ वडा कार्यालय, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त पहलमा स्वयम्भूस्थित भुइखेल चौरमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्न यो व्यवस्था गरिएको कामपा प्रवक्ता समेत रहेका १५ वडाका अध्यक्ष ईश्वरमान डंगोलले बताउनुभयो ।

‘तत्कालै क्वारेन्टाइनमा राख्नैपर्ने अवस्थामा त कोहि छैनन्, तर आगामी दिनको सम्भावनालाई मध्यनजर गर्दै यो क्वारेन्टाइन निर्माण गरेका छौं’ वडाध्यक्ष डंगोलको भनाई थियो ।

साथै १५ वडा कार्यालयले आजैबाट दिनहुँको छाक टार्न समस्यामा परेकाको लागि भनेर दैनिक खाना ख्वाउन शुरु गरिएको छ । 

वडाध्यक्ष डंगोलले आजबाट २०० जनाका लागि दैनिक भोजनको शुरुवात गरिएको जानकारी दिनुभयो ।

Categorized in समाज