गोंगबुँमा आकस्मिक रक्तदान सम्पन्न
SamacharDesk – विकाश | २०७७ बैशाख १, सोमबार

लकडाउनमा सबै सर्वसाधारण घर घरमा रहेको बेला रगतको अभाव हुनसक्ने सम्भावनालाई मध्यनगर गर्दै काठमाडौंको गोंगबुँमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
ब्लड डोनर्स एशोसिएसन नेपाल (ब्लोदान)या आह्वानमा गोंगबुँको सामुदायिक सेवा केन्द्रबाट आकस्मिक रक्तदान कार्यक्रम गरिएको हो ।
आइतवार सम्पन्न आकस्मिक रक्तदान कार्यक्रममा १ सय १० जना रक्तदाताले रक्तदान गरेका थिए ।
सो अवसरमा ब्लोडानका केन्द्रीय अध्यक्ष सानुबाबु प्रजापति, केन्द्रीय सदस्य साथै काठमाडौं महानगरपालिका २४ वडाका सदस्य विनोद तुलाधर, ब्लोडान केन्द्रीय सदस्य पुरुषोत्तम खत्री, किशोर वन्तको पनि उपस्थिती रहेको थियो ।
साथै ब्लोडान काठमाडौंका सचिव अनिलरत्न तुलाधर, ब्लोडान मध्यक्षेत्र बालाजुका सदस्य लगायतको उपस्थिति समेत रहेको थियो ।
Categorized in समाज