भ्यालेनटाइन डे को अवसरमा सर्ट फिल्म ‘आराध्या’ सार्वजनिक
SamacharDesk | २०७९ फाल्गुण २, मंगलबार

भ्यालेनटाइन डे को अवसर पारेर सर्ट फिल्म‘आराध्या’सार्वजनिकगरिएको छ । यो फिल्मलाई संचारकर्मी रामजी ज्ञवालीले निर्देशन गरेकाहुन् ।
ज्ञवालीले यसअघि हनिमुन, डार्क मुन, एक लभर लगायतझण्डै दर्जन सर्ट फिल्म र केहि म्युजिक भिडियोनिर्देशनगरिसकेका छन् ।
मंगलबार सार्वजनिक भएको ‘आराध्या’ मा ब्यस्त परिवार भित्र हुर्किरहेका बच्चाले बाबु आमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई देखाइएको छ ।
बाबु आमाले आफ्नो छोरीको जन्मदिन र विद्यालयको बार्षिकोत्सवमा समेत समय दिन नसकेपछि छोरीले आफैले आफैलाई जन्मदिनको शुभकामना दिएको दृश्यले धेरैको मन चसक्क पार्छ ।
अभिभावकहरु पेशा ब्यवसायमा संलग्न भएको हरेक सहरीया परिवारको कथा सर्ट फिल्मले देखाएको र उनीहरुलाई सोच्न बाध्य पारेको निर्देशक ज्ञवालीले बताए ।
फिल्मको कथानिर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेकाहुन् । सर्ट फिल्ममाचर्चित अभिनेताआमिर गौतमले बुवाको र अभिनेत्री सुरविनाकार्कीले आमाको अभिनयगरेका छन्भने बालकलाकार द्रोस्टी शाहले छोरीको भुमिकामा खेलेकीछिन् ।
त्यसैगरी सफु बुढाथोकी, नारायण कंडेल, प्रान्जल पौडेल, सृष्टि भुषाल लगायतका कलाकारको अभिनय पनि सर्ट फिल्ममादेख्न सकिन्छ । यसअघि यो फिल्मको गीत“मिठी पापा” र टिजर सार्वजनिक भएका थिए ।
पत्रकार जीवन भण्डारीले लेखेको गीतमा बालगायीका आरसी शाहको स्वर रहेको छ । एक हप्ताभन्दा धेरै समय लगाएर काठमाडौं आसपासमा खिचिएको यो सर्ट फिल्म केहि अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी गराउँदा नेपालमा सार्वजनिक गर्न ढिला भएको निर्देशक ज्ञवालीले जानकारी दिए ।
इन्जिनियर सन्जितकुमार शाहको लगानी, बिशाल निरौलाको म्युजिक तथा एरेन्ज रहेको सर्ट फिल्म राम्रो इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो ।
फिल्मका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।
फिल्मलाई नहकुल खड्काले सम्पादनर संकल्प भुजेलले खिचेका हुन् । सर्ट फिल्ममा निशा खनालको मेकअप, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, योगेशकाजीको ब्याकग्राउण्ड म्युजिक रहेको छ ।
Categorized in पेजथ्री