arin enterprises

आज ७३औं प्रजातन्त्र दिवस

SamacharDesk | २०७९ फाल्गुण ७, आइतबार

आज ७३ औं प्रजातन्त्र दिवस मनाइँदैछ । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।

सरकारी र देशभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरिन्छ । वि.सं. २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएको छ ।

प्रजापरिषद् नामक राजनीतिक दल भूमिगत रूपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई विसं १९९७ साल माघमा मृत्युदण्ड दिईएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनमा राजसंस्थाले पनि साथ दिएपछि २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गर्न संभवन भएको थियो ।

यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

जनताको संघर्षको बलिदानबाट प्राप्त उपलब्धीर्लाइ सबैले संरक्षण गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह पनि आयोजना गरिदैछ ।

Categorized in राष्ट्रिय