आयोग राष्ट्रपति निर्वाचनको तयारीमा
SamacharDesk | २०७९ फाल्गुण ८, सोमबार

निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि आन्तरिक व्यवस्थापनको तयारी तीब्र पारेको छ ।
निर्वाचन अधिकृत तोक्ने र मतदान स्थल तय गर्ने काम गरिसकेको आयोगले पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई मतदान अधिकृत तोकेको छ ।
राष्ट्रपति निर्वाचनका लागि मतदान स्थल भने नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरलाई बनाइने भएको छ । त्यहाँ दुइवटा मतदान केन्द्र रहने आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार फागुन १० गते मतदाताको नामावली सार्वजनिक हुनेछ । राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्यहरू मतदाता हुन्छन् ।
जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताका नाम पठाइसकेका छन् । राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ ।
उम्मेद्वारी मनोनयन दर्ता गर्ने समय नजिकिँदै जाँदा पनि राजनीतिक दलहरूले राष्ट्रपति उम्मेदवार कसलाई बनाउने टुंगो लगाइसकेका छैनन् ।
Categorized in राष्ट्रिय