उपत्यका लगायत देशका विभिन्न स्थानमा हल्का वर्षा
SamacharDesk | २०७९ फाल्गुण १४, आइतबार

उपत्यका लगायत देशका विभिन्न सथानमा आज हल्का वर्ष भएको छ ।
काठमाडौं उपत्यकामा पाँच महिनापछि वर्षा भएको छ । पाँच महिनापछि आइतबार दिउँसो काठमाडौं उपत्यकामा पानी परेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि असोज २८ गते उपत्यकामा पानी परेको थियो । अहिले काठमाडौं उपत्यकाभित्र ललितपुर, काठमाडौं र भक्तपुरका केही ठाउँमा हल्का वर्ष भइरहेको छ।
आइतबार उपत्यकासहित देशका पहाडी क्षेत्रमा मेघ गर्जन तथा चट्याङ्सहित हल्का वर्षा भएको हो । महाशाखाका अनुसार अहिले न्यून चापीय वायुका कारण काठमाडौं उपत्यकाका विभिन्न भागमा हल्का वर्ष भइरहेको हो ।
तत्काल ठूलो वर्षा हुने कुनै सम्भावना नभए पनि एकरडेढ घण्टामै उपत्यकाका सबै क्षेत्रमा वर्षा हुने जनाएके छ ।
यस्तै गण्डकी प्रदेशको पोखरा लगायत पहाडी भूभागमा भने दिउँसोदेखि नै वर्ष भइरहेको छ ।
Categorized in राष्ट्रिय
