नेकपा एमाले दाहाल नेतृत्व सरकारबाट बाहिरियो
SamacharDesk | २०७९ फाल्गुण १५, सोमबार

नेकपा एमाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएको छ ।
सोमबार बसेको नेकपा एमालेको केन्द्रीय समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेपछि नेकपा (एमाले)का मन्त्रीहरूले प्रधानमन्त्री दाहालसमक्ष राजीनामा दिनुभएको छ ।
सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले मन्त्री पदबाट राजीनामा दिनुभएको हो ।
आजै बिहान बसेको एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।
Categorized in राष्ट्रिय