राष्ट्रपति निर्वाचनको आचारसंहिता लागू
SamacharDesk | २०७९ फाल्गुण १७, बुधबार

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि आजदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ लागू भएको छ ।
आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृ संठनलाई लागू हुने छ ।
त्यस्तै उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक दल तथा उम्मेदवारको मतदान एवं मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र मतदातालाई पनि आचारसंहिता लागु हुनेछ ।
उपराष्ट्रपति पदका लागि यही चैत ३ गते निर्वाचन हुने कार्यतालिका रहेको छ ।
Categorized in राष्ट्रिय