arin enterprises

प्रदेश १को नाम कोशी प्रदेश नामाकरण

SamacharDesk | २०७९ फाल्गुण १८, बिहिबार

प्रदेश १ को नामाकरणका लागि हिजो प्रदेशसभामा भएको मतदानमा ९० मध्ये ८२ मत खसेपछि कोशी प्रदेश नामाकरण भएको छ ।

प्रदेश सभामा हिजो भएको नामाकरण सम्बन्धि मतदानमा अत्यधिक बहुमतसहित कोशी प्रदेशको प्रस्ताव पारित भएको हो ।

९३ सदस्यी प्रदेशसभाका ८२ जना सांसदले प्रस्तावको पक्षमा मतदान गरेका थिए भने विपक्षमा ४ मत खसेको थियो । कोसी प्रदेश नामको प्रस्तावमा एमालेका ४०, कांग्रेसका २६, माओवादीका ११ र राप्रपाका ५ जनाले मत हालेका थिए ।

एकीकृत समाजवादीले राखेको किरात प्रदेशको प्रस्ताव अस्वीकृत भएको थियो । प्रदेशको नामका कारण प्रदेशसभाको अघिल्लो कार्यकाल त्यतिकै सकिएको थियो ।

एमालेबाट मूख्यमन्त्री बनेका हिक्मत कार्कीले यस कार्यकालको शुरुमै कांग्रेससंग सहमति जुटाएर प्रदेशको नामाकरण गर्न सफल हुनुभएको छ ।

यसैबीच, प्रदेश नामाकरणको खुशियालीमा कोशी  प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । प्रदेश सरकारको हिजो राती बसेको मन्त्रिपरिषद वैठकले आज सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Categorized in राष्ट्रिय