नेपालमा देखियो फेरी एकजना भारतीयमा संक्रमण
SamacharDesk – विकाश | २०७७ बैशाख ६, शनिबार

नेपालमा आज फेरि एक जना कोरोना संक्रमित भेटिएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका थप एक जना भारतीय नागरिकमा शनिबार कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयको आधिकारीक वेबसाइट र आधिकारीक फेसबुक पेजमार्फत ६५ वर्षीय पुरुषमा संक्रमण देखिएको पुष्टि गरेको हो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार विराटनगरको कोशी अञ्चल अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कोभिड १९ का संक्रमित संख्या ३१ पुगेको छ । तीमध्ये दुई जना उपचार पछि निको भएर घर फर्किएका छन् भने बागलुङकि ६५ वर्षीया महिलालाई पनि अस्पतालले डिस्चार्ज गर्ने बताइसकेको छ ।
२८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
Categorized in राष्ट्रिय