भीमसेनको म्यूजिक भिडियो भिडियो सार्वजनिक
SamacharDesk – बिराज | २०७९ फाल्गुण २७, शनिबार

संसारकै सबैभन्दा अग्लो दाबी गरिएको ललितपुरको सुनाकोठीमा स्थापना गरिएको भीमसेनलाई लिएर बनाइएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले म्यूजिक भिडियोको लोकार्पण गरे ।
कार्यक्रममा बोल्दैै वरिष्ठ कलाकारद्वय श्रेष्ठ र आचार्यले धार्मिक सांस्कृतिक सम्पदाहरुले नै नेपालको पहिचान बनेकोमा जोड दिँदै सुनाकोठीको धार्मिक सम्पदामा बनेको गीत गाउन पाउँदा खुसी लागेको बताए ।
म्यूजिक भिडियोका निर्देशक सुरेन्द्र तुलाधरले म्यूजिक भिडियोमा १६ जना गायक, गायिकाहरुको साथै २ सय भन्दा बढि स्थानीय वासिन्दाको अभिनय रहेको जानकारी गराए ।
सुनाकोठीमा बालकुमारी चौरसँगै १२ फिट अग्लो भीमसेनको मूर्ति बनाई स्थापना गरिएको छ । हाल भीमसेनको मन्दिर भने निर्माणको चरणमा रहेको छ । भीमसेनको उक्त १२ फिट अग्लो मूर्तिलाई संसारकै सबैभन्दा अग्लो भीमसेनको मूर्ति दाबी गरिएको छ ।
सोही भीमसेनको संसारभरीमा प्रचार प्रसार गर्ने उद्देश्य लिएर गीत र म्यूजिक भिडियो निर्माण गरेको गीतका संगीतकार साथै रचनाकार रुपेश डंगोलले बताए ।
सुनाकोठी समाजका अध्यक्ष बिनोद डंगोलले मच्छेगाउँको एउटा खोंचबाट ल्याइएको ६० टनको सिङ्खो ढुङ्गाबाट धेरै मेहनतपछि मूर्ति बनाउन सफल भएको जानकारी गराए ।
गीतमा मह जोडीको साथमा चर्चित गायकहरु प्रवेशमान शाक्य, जेम्स प्रधान, बबिन प्रधान, भीम तुलाधरलगायतले स्वर दिएका छन् ।
साथमा ज्योति घिमिरे, बुद्ध सायमि, सचिन रौनियार, भुपेन्द्र बज्राचार्य, विजय गुरुङ, कविन्द्र श्रेष्ठ, यमन श्रेष्ठ र लसता जोशीले पनि गाएका छन् ।
म्यूजिक भिडियोको छायाङ्कन साथै दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् ।
Categorized in पेजथ्री