arin enterprises

“एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स” सात वटा विधामा ओस्कर जित्न सफल

SamacharDesk | २०७९ फाल्गुण २९, सोमबार

विश्वकै ठूलो अवार्ड मानिदै आएको ओस्कर अवार्डको ९५औं संस्करण सम्पन्न भएको छ ।

यसवर्ष 'एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स' उत्कृष्ट फिल्म घोषणा गरिएको छ । उत्कृष्ट फिल्ससँगै यस फिल्मले ७ वटा विधामा पनि अवार्ड हात पारेको छ ।

फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।

यस फिल्मबाट अभिनेत्री मिसेल योह ओस्कारमा सर्वश्रेष्ठ अभिनेत्री बन्ने दोस्रो गैरश्वेत अभिनेत्री घोषित भइन् । साथै, यो विधा जित्ने पहिलो एसियाली अभिनेत्री ।

यो सम्मान उनलाई मार्सल आर्ट र ‘क्राउचिङ टाइगर हिडन ड्रयागन’ र ‘एस म्याडम’जस्ता एक्सन फिल्मको लामो करिअरपछि प्राप्त भयो ।

यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड डानिएल क्वान र डानिएल साइनर्ट पाएका छन् । उक्त फिल्मबाटै उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड के ह्ये क्वान र जेमी ली कर्टिसले उचालेका छन् । फिल्मले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ ।

सोमबार बिहान भएको ओस्कर अवार्ड समारोहमा एडवर्ड बर्गर निर्देशित ुअल क्वाइट अन द वेस्टर्न फ्रन्टु ले तीन विधाको अवार्ड आफ्नो पोल्टोमा पारेको छ ।

यो फिल्म यसपटकको ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ ।

एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत ुनाटु नाटुु ले ९५ औं संस्करणको ओस्कर अवार्डमा ओरिजिनल सङको उपाधि पाएको छ ।

त्यस्तै वेष्ट डकुमेन्ट्री सर्ट फिल्म पनि भारतले नै जित्न सफल भएको छ । कार्तिक गोन्सले तथा गुणित मोंगाद्वारा निर्मिति 'द एलिफेन्ट विस्परर्स'ले जितेको हो ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि 'ग्विलेर्मो डेल ट्रोज पिनोसियो] ले ओस्कर अवार्ड पाएको छ । डकुमेन्ट्री फिचरको अवार्ड 'नाभल्नी' पाएको छ ।

हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड ुद ह्वेलु ले पाएको छ । सर्ट फिल्म (एनिमेटेड)को अवार्ड 'द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स' र सर्ट फिल्म ९लाइभ एक्सन०को अवार्ड एन आइरिस गुडबाईुले पाएको छ ।

यस्तो छ ओस्कर विजेताको सूची:

अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर (द ह्वेल)

उत्कृष्ट अभिनेत्री : मिसेल योह

उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो

उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर स् वाकन्डा फरेभर

डकुमेन्ट्री फिचर : नाभल्नी

डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स

हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ

ओरिजिनल सङ स् नाटु नाटु : आर.आर.आर.

साउन्ड : टप गन : मेभरिक

प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स : अवतार स् द वे अफ वाटर

फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ

ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

Categorized in पेजथ्री