arin enterprises

रहेनन् भारतीय अभिनेता समीर खाखर

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र १, बुधबार

भारतीय चर्चित हास्य कलाकार समीर खाखरको निधन भएको छ । ७१ वर्षीय खाखरको आज बुधबार विहान मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आई भारतको बोरिवली–१ स्थित एमएम अस्पतालमा उपचाररत उनको सोही अस्पतालमा उपचारको क्रमममा निधन भएको हो ।

श्वासप्रश्वासमा समस्या भएपछि गत १४ मार्चमा उनलाई परिवारले उपचारका लागि अस्पताल भर्ना गरेका थिए ।

स्वर्गीय खाखरको अन्तिम संस्कार आजै बोरिवलीको भाभीका श्मशानमा गरिने भारतीय संचारमाध्यमले जनाएका छन् ।

खाखरको शरीरका धेरै अंगहरू काम नलाग्ने भएका कारण निधन भएको बताइएको छ ।

उनी सन् १९६६ तिर अभिनय क्षेत्रलाई अलविदा भन्दै उनी भारत छोडेर अमेरिका गएका थिए । तर भारत फर्केपछि उनले फेरी थुप्रै टिभि सिरियलको साथमा वेब सिरिजहरुमा समेत काम गरेका थिए ।

फिल्म र टिभि सिरियलमा काम गरेका उनले अभिनय क्षेत्रमा विशेष हास्य विधातर्फ आफ्नो पहिचान बनाएका छन् ।

दूरदर्शनमा प्रसारण भएको निकै लोकप्रिय सीरियल ’नुक्कड़’ में ‘खोपडी’ को भूमिका खेलेर उनी लोकप्रिय बनेका थिए ।

उनले अभिनय गरेको जवाब हम देंगे, पुष्पक, शहंशाह, गुरु, इना मिना डिका, राजा बाबु लगायतका चलचित्रहरु निकै लोकप्रिय छन् ।

साथमा, मनोरन्जन, सर्कस, श्रीमान श्रीमति, संजिवनी लगायतका टेलि सिरियल र सनफ्लावर, पुराना प्यार लगायतका वेब सिरिजमा पनि काम गरेका छन् ।

Categorized in पेजथ्री