arin enterprises

एकै दिनमा ११ जनामा कोरोना संक्रमण पुष्टि

SamacharDesk – विकाश | २०७७ बैशाख ९, मंगलबार

नेपालमा आज एकै दिनमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उदयपुरको झुल्केमा थप ११ जनामा संक्रमण पनि संक्रमण देखिएको प्रेस विज्ञप्तिमार्फत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

थप संक्रमण पुष्टी हुनेहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

संक्रमितहरुको संसर्गमा रहेका २६० जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको परिक्षण भइरहेको मन्त्रालयले जनाएको छ ।

अन्य थप ६९ जनाको परिक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा हिजै नमूना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएपछि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप परिक्षण अस्पतालमा थप परिक्षणपछि संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुको विराटनगरस्थित कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यी सबै संक्रमित उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रका वासिन्दा हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । तीमध्ये ४ जना निको भइसके । कुल संक्रमितमध्ये २४ जना त्रियुगा नगरपालिका भुल्केकै छन् । 

भुल्केमा भेटिएका संक्रमितहरुमा कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएको बताइएको छ । 

धेरै संख्यामा कोरोना संक्रमित भेटिएसँगै उदयपुर जिल्लालाई सिल गरेर सबै नाका बन्द गरिने भएको छ । प्रदेश सुरक्षा समन्वय समितिको बैठकले लकडाउनलाई अझ कडा बनाउन निर्देशन दिएको छ । संक्रमण देखिएको क्षेत्रबाट उत्पादित वस्तुहरुलाई बाहिर लैजान नदिने निर्णय पनि त्रियुगा नगरपालिकाले गरेको छ ।

Categorized in राष्ट्रिय