नेपालमा आज थपियो ३ जना कोरोना संक्रमित
SamacharDesk – विकाश | २०७७ बैशाख १०, बुधबार

नेपालमा आज फेरी थप तीन जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण देखिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केकै ३ जनामा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजु २४, ६० र ७२ वर्षका पुरुषहरूमा कोरोना संक्रमण देखिएको बताउनुभयो ।
धरानको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मस्जिदमा बसेका १६ जना जमातीमध्ये १२ जनामा ५ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती १२ मध्ये एकजना नेपाली थिए भने अरु भारतीय थिए ।
त्यसको भोलिपल्ट अर्का एक नेपालीमा पनि संक्रमण देखिएको थियो ।
संक्रमण नदेखिएका तीन जनालाई भने टाँडीस्थित नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो भने उनीहरूमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज थप ३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ ।सात जना भने निको भएर घर फर्किसेका छन् ।
Categorized in राष्ट्रिय