arin enterprises

भोजपुरमा भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या ४८ पुग्यो

SamacharDesk – विकाश | २०७७ बैशाख ११, बिहिबार

भोजपुरमा पनि कोरोना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । 

हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकारले पुष्टि गरेको छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा उनमा संक्रमण पोजेटिभ देखिएको हो । 

गत मंगलबार विदेशबाट आएका ११ जनमा र्यापिड टेस्ट गर्दा उक्त युवकमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थियो । दोश्रो परिक्षण गर्दा पनि पोजेटिभ देखिएपछि धरानमा पिसिआर परीक्षण गरिएको हो ।

हाल संक्रमित युवकलाई हतुवागढी–१ को घोरेटारस्थित आइसोलेसनमा राखिएको र भोलि धरान वा विराटनगर पठाइने जनाइएको छ । 

संक्रमित युवक गत फागुन ३० गते साउदीबाट नेपाल आएको भनिएको छ । उनको कन्ट्याक्ट ट्रेसिङ शुरु भइसकेको बताइएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । उनीहरूमध्ये १० जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

Categorized in राष्ट्रिय