arin enterprises

एभरेष्ट एयरको हेलिकप्टर दुर्घटना

SamacharDesk | २०७९ चैत्र २६, आइतबार

आज विहानदेखि हराइरहेको एभरेष्ट एयरको हेलिकप्टर धौलागिरी वेसक्याम्प नजिकै दुर्घटना अवस्थामा भेटिएको छ ।

धौलागिरि बेस क्याम्प जानेक्रममा अन्नपूर्ण बेस क्याम्पको पछिल्लो ढिस्कोमा ल्याण्ड गर्ने क्रममा ठोकिएर दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा क्याप्टेन प्रिया अधिकारी घाइते भएकी छन् । तर यसको पूर्ण विवरण आइसकेको छैन । उक्त हेलिकप्टर बेसक्याम्पमा सामान लिएर पुगेको भनिएको छ ।

प्रियाको उद्धारका लागि गएको एयर डाइनेस्टी फर्केपछि मात्र थप विवरण प्राप्त हुने बताइएको छ ।

हेलीकोप्टरमा क्याप्टेनबाहेक अन्य कुनै पनि यात्रु नभएका कारण मानवीय क्षति नभएको जानकारीमा आएको छ ।

Categorized in राष्ट्रिय