वीरगञ्जमा थप दुई जनामा देखियो कोरोना संक्रमण
SamacharDesk – विकाश | २०७७ बैशाख १४, आइतबार

वीरगञ्जमा थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएका एक छपकैयाका महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी हुन् । कोरोना संक्रमित भारतीय जमातीहरुको सम्पर्कमा रहेकाहरुको परीक्षणका क्रममा उनमा पनि संक्रमण देखिएको हो ।
अर्का संक्रमित भने सिद्धार्थ माविको क्वारेन्टाइनमा थिए ।
अहिले दुबैलाई नारायणी अस्पताल भर्ना गरिएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । जसमध्ये १६ जना निको भइसकेका छन् ।
बाँकी ३५ जना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । जसमा ३० जना विराटनगरको कोरोना अस्पताल, ३ जना वीरगन्जको नारायणी अस्पताल, भरतपुर अस्पतालमा १ जना र धनगढीको सेती प्रादेशिक अस्पतालमा एकजना छन् ।
Categorized in राष्ट्रिय