arin enterprises

शीर्षस्थानको बार्सिलोना बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २८, मंगलबार

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ ।

बराबरीमा रोकिएसँगै बार्सिलोनाले ला लिगाको शीर्ष स्थानमा १५ अंकको अग्रता लिने मौका गुमाएको हो ।

सोमबार राति भएको खेलमा बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकियो हो ।

बार्सिलोनाले घरेलु मैदानमा रोबर्ट लेवान्डोस्कीले खेलको चार मिनेटमै गोल गर्ने सुनौलो मौका पाएपनि उनको प्रहार आकासियो ।

खेलको अन्तयसम्म पनि कुनै गोल नहुँदा बार्सिलोनाले जिरोनासँग अंक बाँढ्न पुगे ।

बार्सिलोनाले घरेलु मैदानमै अंक बाँढेको यो सिजनमा तेस्रो पटक हो ।

यो सँगै बार्सिलोना २८ खेलबाट ७२ अंक जोडेर शीर्ष स्थानमा छ । १३ अंकले पछि रहेको दोस्रो स्थानको रियल म्याड्रिडको ५९ अंक छ ।

एट्लेटिको म्याड्रिड ५७ अंकसहित तेस्रो स्थानमा छ ।

जिरोना ३५ अंक सहित एघारौं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स