arin enterprises

झापामा देखियो थप एक जनामा कोरोना संक्रमण

SamacharDesk – विकाश | २०७७ बैशाख १४, आइतबार

झापामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित झापाको राजगढ निवासी जमाती भएको बताइएको छ । 

उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

झापाको बार्हदशी गाउँपालिकाका संक्रमित पुरुष ३५ दिन अगाडि भारतको नयाँ दिल्लीबाट आएको खुलेको छ । उनी दिल्लीको तब्लिगी जमातमा सहभागी भएर फर्किएको बताइएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । जसमध्ये १६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

Categorized in राष्ट्रिय