थप ४ जना कोरोना संक्रमित निको भए
SamacharDesk – विकाश | २०७७ बैशाख १४, आइतबार

कोरोना भाइरस (कोभिड १९) का थप ४ जना संक्रमित निको भएर आज अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित निको भएर आज घर फर्किएका हुन् ।
छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक कोरोनालाई जितेर घर फर्किएका हुन् ।
अस्पताल भर्ना भएको १५औं दिनमा उनीहरु डिस्चार्ज भएका हुन् ।
संक्रमण निको हुने तीन भारतीयलाई छपकैयास्थित एक घरमा राखिने मुसलिम आयोगले बताएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १६ जना पुगेको छ ।
Categorized in राष्ट्रिय